२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

गीतमार्फत सामाजिक सञ्जाल विधेयकमा बालेनको विरोध : ‘बोल्न दे सरकार, अपराध हैन’

बुधवार , माघ २३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको विरोध गरेका छन् ।

उनले आफैले गाएको ‘बलिदान’ एल्बमको गीतको क्लिप ‘बोल्न दे सरकार’ भन्ने पोस्ट गर्दै विधेयकको विरोध गरेका गरेका हुन् । उनले विधेयकको विरोध गर्दै गीतमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक २०८१ विधेयक विरोध स्वरुप उक्त क्लिप सेयर गरेको सहजै बुझ्न सकिन्छ ।

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने भन्दै सरकारले विधेयक ल्याएएको छ ।

यस्तो छ उनको गीतको अंशः

‘मलाई बोल्न दे, सरकार, अपराध हैन

मन खोल्न दे, दरबारको म सराप हैन

मन खराब छैन, सही बोल्न डराउँदैन

कानुन पो लाग्छ कि ? आवाज उठाउँदैमा...’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट