२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

देश विकास गर्न ३५ वर्षसम्म हतार नभएको कांग्रेस–एमालेलाई ६ दिन निकै हतार भयो : अध्यक्ष प्रचण्ड

बिहिवार , माघ २४, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद बोलाउनुभन्दा ६ दिनअघि अध्यादेश किन ल्याइयो ? भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले विगत ३५ वर्षमा कांग्रेसबाट १२ पटक र एमालेबाट ७ पटक प्रधानमन्त्री बनिसकेको स्मरण गराउँदै देश विकास गर्न ३५ वर्षसम्म हतार नभएको कांग्रेस–एमालेलाई ६ दिन भने निकै हतार भएजस्तो देखिएको बताए ।

उनले सरकारले स्वार्थ समूहलाई पोस्नकै लागि चोर बाटोबाट अध्यादेश ल्याएको आरोप लगाए । प्रचण्डले पहिलो र दोस्रो दलको सरकार प्रतिगमनतिर अग्रसर भइरहेको उनले बताए ।

उनले भने, ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट