२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

सरकार दमनको बाटोमा हिड्यो, सम्झाइबुझाइ गरे हुने घटनामा समेत हतकडी लगाइँदैछ : प्रचण्ड

बिहिवार , माघ २४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार दमनको बाटो हिँडेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले नागरिकलाई दुःख दिइरहेको आरोप लगाए । सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा पनि सरकारले कडा मुद्दा लगाइरहेको उनले बताए ।

प्रचण्डले सम्झाइबुझाइ गरेर पठाउन सकिने सामान्य घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराउँदै दुःख दिइरहेको बताए । ‘यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’ भन्दै उनले प्रश्न गरे ।

सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोजेको भन्दै प्रचण्डले सरकार दमनको बाटो हिँडेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट