२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

सरकारका काम कारबाहीले निरंकुशताको गन्ध शुरु भएको छः सांसद पाण्डे

बिहिवार , माघ २४, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध शुरु भएको देखिएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले दुई दलीय तानाशाही शुरु हुने प्रपञ्च देखिएको बताए ।

उनले संसद अधिवेशनको तिथिमिति लगभग तोक्ने टुंगो भइसकेपछि अध्यादेशको बाढी लागेको बताए । उनले अध्यादेश ल्याउने ट्रेण्ड सरकारको दुई तिहाईको दम्भ भएको बताए ।

उनले भने, ‘संसद अधिवेशनको तिथिमिति लगभग तोक्ने टुंगो भइसकेपछि अध्यादेशको बाढी लागेको छ । वास्तवमा अध्यादेश सरकारले ल्याउन पाउँछ, संवैधानिक व्यवस्था पनि छ । तर कस्तो बेलामा अध्यादेश ल्याउने भन्ने विशेष परिस्थिति जतिबेला संसदको बैठक तत्काल हुने अवस्था छैन, कानून नभएको कारणले गर्दा कतिपय काममा बाधा परेको छ, त्यतिबेला मात्रै अध्यादेश ल्याउने गर्दछौँ ।

यो अध्यादेश ल्याउने जुन ट्रेण्ड सरकारको देखिएको छ, हामीसँग दुई तिहाई छ, सत्ता पक्षका सांसदहरुले पनि बेला बेलामा बोलेको देखिन्छ, दुई तिहाई भएपछि हामीले जेजे गरे पनि हुन्छ, यो अध्यादेश ल्याएपछि अक्षरशः पास गर्न सकिन्छ र अध्यादेशका जतिसुकै नकारात्मक कुरा भएपनि पास गराउन सक्छौँ, सांसदको कुनै भुमिका हुँदैन, ह्वीप लगाएर भएपनि पास गराउनसक्छौँ भन्ने मक्सदका साथ सरकार देखापरेको छ । यसबाट के देखिन्छ भने निरंकुशताको गन्ध शुरु भएको छ । दुई दलीय तानाशाही शुरु हुने प्रपञ्च देखिन्छ ।’

उनले सत्ता पक्ष र दुई तिहाईको दम्भ विभिन्न घटनाक्रममा देखिन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट