२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

जिल्ला जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ भने रवि ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ : सांसद कठायत

शुक्रवार , माघ २५, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बिनिता कठायतले लामिछानेलाई जिल्ला जिल्ला घुमाएर सहकारी पीडितको रकम फिर्ता हुन्छ भने सभापति ७७ वटै जिल्ला घुम्न तयार रहेको बताइन् ।

सांसद कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ? भन्दै सरकारलाई प्रश्न गरिन् ।

सहकारी पीडितको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाइन् । सांसद कठायतले सरकार गठन भएको ६ महिना भैसकेको भन्दै राज्यले प्रतिशोध साँधेर रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा राखे पनि सहकारी पीडितले रकम नपाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट