२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

पाथीभरामा केबुलकार बनाउने कुरा शान्तीपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले ताप्लेजुङको पाथिभरा मन्दिर पुग्नका लागि केबुलकार बनाउने विषयमा भएको विवाद शान्तीपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले ताप्लेजुङ वासीको परम्परा र संस्कृतिको संरक्षण हुनेगरी केबुलकार बनाउनुपर्ने बताए । उनले पाथीभरामा केबुलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे ।

उनले केबुलकार बनाउन सके पर्यटकको संख्यामा वृद्धि हुने भएको कारण त्यहाँको स्थानीय उत्पादनले स्थान पाउने र रोजगारीको अवसर समेत सिर्जना हुने बताए । उनले केबुलकार निर्माणको विषयमा भइरहेको विवाद मिलाउन सरकार लागिपरेको समेत बताए ।

उनले भने, ‘पाथिभराको जुन अत्यन्तै पवित्र तीर्थस्थल छ, त्यहाँका आदिवासी, जनजाती, किराँत सबैको पवित्रस्थल हो । समग्र सनातन धर्मावलम्वीहरुको तिर्थस्थल हो । त्यहाँ अत्यन्तै सुन्दर धार्मिक पर्यटकीय धार्मिक स्थल छ । त्यसमा बढीभन्दा बढी पर्यटक पुग्न सकुन् र सबैले माताको आशिर्वाद लिन सकुन् भन्ने हामी सबैको अपेक्षा छ ।

त्यसले ताप्लेजुङको आर्थिक अवस्थालाई पनि सुधार्न मद्दत गर्छ भन्ने हाम्रो भनाई हो । त्यसकारण त्यहाँको इतिहास, संस्कृति र सभ्यता र त्यहाँका नामाकरणको विषय समेत ठिक छ । केबुलकारले ५० औँ गुणा पर्यटकको संख्या बढाउँछ । संख्या बढ्ने बित्तिकै त्यहाँको आर्थिक गतिविधि चलायमान हुन्छ । हजारौं लजहरु खुल्छन् । त्यहाँको उत्पादनले ठाउँ पाउँछ ।

रोजगारी र व्यापक रुपमा प्रदान गर्न सकिन्छ । त्यहाँको सबै परम्परा र संस्कृतिको सम्मान र संरक्षण गरेर केबुलकार बन्यो भने राम्रो हुन्छ । त्यसको लागि सरकार लागि रहेको छ । सबै कुराहरु शान्तीपूर्ण संवादको माध्यमबाट टुंग्याउनुपर्छ । उहाँहरुका जायज गुनासाहरुलाई सरकारले पनि सम्बोधन गर्नुपर्छ ।’

ताप्लेजङको पाथिभरा मन्दिर जाने केबुलकार बनाउने विषयमा पक्ष र विपक्षबीच विवाद हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट