काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट ‘महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने छन् ।
यसका साथै ‘नेपाल प्रहरी विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘नेपाल प्रहरी विधेयक, २०८१’ प्रस्तुत गर्ने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्ता छन् आजका कार्यसूची :
प्रतिक्रिया दिनुहोस