२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिमको ताक्लाकोट नाका खुलाउन सरकारको ध्यानाकर्षण

आइतवार , माघ २७, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिमको ताक्लाकोट नाका खुलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आईतबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले ताक्लाकोट नाका खुलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले कोभिडका बेला बन्द भएका सबै उत्तरी नाकाहरु खुलेपनि ताक्लाकोट नाका नखुल्या सुदूरपश्चिमको व्यापारमा समेत असर परेको बताए ।

बझाङका अधिकांश मठमन्दिरहरुमा मान सरोवरको जल चडाएर मात्र पूजा गर्ने चलन रहेकोले नाका बन्द हुँदा पूजाआजा नै बन्द भएको उनको भनाइ छ ।

उनले भने, ‘कोभिडको बेलामा उत्तरतिरका नाकाहरु बन्द भएका थिए । अरु नाका खुलाहरु हुँदा पनि बझाङ जिल्लाको ताक्लाकोट नाका अझै खुल्न सकेको छैन । जिल्लाका मन्दिरहरुको विशेष पूजा गर्दा मानसरोवरको जल ल्याएर पूजा गर्ने चलन थियो । अहिले त्यो नाका बन्द हुँदा हाम्रो हाम्रो बझाङ जिल्लाका धेरै मन्दिरहरुमा पूजा आजा समेत बन्द भएको अवस्थामा हामीले सरकारको धेरै पटक ध्यानाकर्षण गरायौं उत्तरी क्षेत्रका अरु नाका खालिए पनि उक्त नाका नखोलिएको हुनाले म परराष्ट्र मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, चाँडो भन्दा चाँडो यो नाका खोलियोस् ।’

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको बझाङको ताक्लाकोट नाका वैधानिक रुपमा खुल्न नसक्दा बर्सेनि करोडौँ राजश्व चुहावट हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट