२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

संसद विधिको थलो हो, जिद्दीको होइन : सांसद रिजाल

मंगलवार , माघ २९, २०८१

काठमाडौं । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले संसद टकरावको थलो नभएको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसद संवादको थलो भएकाले टकराव निम्त्याउन नहुने बताए ।

उनले संसद विधिको थलो भएकाले भन्दै जिद्दीको थलो नभएको बताए । उनले संसद अराजकको नभइ सज्जनको थलो भएको बताए ।

जनताको जनप्रतिनिधिले जवाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने बताए । संसद भनेको एउटा नियमनको थलो भएकाले तथानामको थलो नबनाउन प्रतिपक्ष दलहरुलाई आग्रह गरे ।

उनले भने, ‘संसद संवादको थलो हो । टकरावको थलो होइन । संसद विधिको थलो हो जिद्दिको थलो होइन । संसद सज्जनको थलो हो अराजकको थलो होइन । त्यसकारण जनताको जनप्रतिनिधिले जुन एउटा उचाईमा जवाफदेही, जिम्मेवार बनाएर पठाएका छन्, त्यसलाई शिरोधार्य गर्नुपर्छ । त्यसको परिपालना गर्नुपर्छ । संसद भनेको एउटा नियमनको थलो हो । तथानामको थलो होइन ।’

उनले प्रमुख प्रतिपक्ष दलका नेताले डोरीलाई सर्प भने प्रचार गरेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट