२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कृषि उपकरणमा विदेशकै भर, आयातित उपकरणको प्रचार गर्दै व्यवसायी

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आईतबार सम्पन्न हुँदैछ ।

शुक्रबारदेखि जारी कृषि मेलाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

मेलाले कृषिमा प्रविधिको प्रयोगलाई बढावा दिने कृषि व्यवसायीको विश्वास छ । कृषि उपकरणको प्रचार प्रसारका लागि मेलामा स्वदेशी तथा विदेशी कृषि उपकरण कम्पनीहरुले स्टल राखेका छन् ।

मेलाले नेपालमा भएको कृषिसम्बन्धी सेवा र वस्तुलाई निर्यात गर्न मद्दत पुर्याउने र विदेशबाट गुणस्तरीय कृषि उपकरण आयात गर्ने उनीहरुको विश्वास छ । कृषि मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भएका विजनेसहरुलाई एक,अर्कामा आदानप्रदान गर्ने रुपमा बुझेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले बताए ।

उनले नेपालमा रहेको वस्तु तथा सेवालाई निर्यात गर्न तथा नेपाललाई आवश्यक कृषि उपकरण आयात गर्न सकियोस् भनेर मेलामा जोडिएको बताए । कृषि उपकरण व्यवसायीहरुले गरिरहेका कामहरुबारे सरकारी तथा गैरसरकारी संस्थाहरुलाई देखाउने यो उत्तम विकल्प भएको समेत उनको भनाइ छ ।

उनले कृषिसम्बन्धी कुनैपनि उपकरण र कृषि व्यवसायको योजना बनाउनका लागि मुक्तिनाथ कृषि उपयुक्त भएको उनको भनाइ छ ।

बाँकेको नेपालगञ्जमा कृषि सोलुसन नामक कम्पनी चलाउँदै आएकी पार्वती घिमिरेले नेपालमा कृषि यन्त्रको उपकरणको प्रयोग बढ्दै गएको बताइन् । युवाहरु विदेश पलायन हुँदा गाउँ कृषि प्रयोगका उपकरणहरुको प्रयोग बढेको उनको भनाइ छ । उनले नेपालमा कृषि उपकरण उत्पादन नहुने भएका कारण विदशकै भर पर्नुपरेको बताइन् ।

कृषि उपकरणको माग बढेको भएपनि उत्पादन नहुँदा चीन र भारतबाट उपकरण आयात गरेर बेच्ने गरेको उनले बताइन् । चीन र भारतबाट आयातित गुणस्तरीय वस्तुको प्रचार प्रसारका लागि मेलामा सहभागि भएको उनले उल्लेख गरिन् ।

जर्मनी स्टिल कम्पनीका नेपाली वितरक कुमार शाक्यले रुख काट्ने मेसिनको माग बढ्दो भएपनि अन्य उपकरणहरु माग सोेचेजति नभएको बताए । उनले मेलाको माध्यमबाट कृषिलाई गुणस्तरीय कृषि उपकरणको व्यवस्था गरी किसानले भोग्दै आएका समस्याहरु समाधान गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । उनले पहिले चिनियाँ कम्पनीसँग सहकार्य गर्दै आएको भएपनि कम गुणस्तरको सामान पठाउने गरेको कारण जर्मनी कम्पनीसँग सहकार्य गरेको बताए ।

एक्सपोमा कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैँसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेरिनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।

मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग–अलग समूह स्टल रहने र प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट