२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

इजरायली ड्रोन आक्रमणमा वरिष्ठ हमास नेताको मृत्यु

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । लेबनानी सुरक्षा स्रोत र लेबनानको अल जदीद टिभी च्यानलकाअनुसार दक्षिणी लेबनानको सिदोन शहरको एउटा अपार्टमेण्टलाई लक्षित गरी इजरायली ड्रोन आक्रमणमा शुक्रवार हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोराको मृत्यु भएको छ ।

लेबनानी सुरक्षा अधिकारीले बताएअनुसार इजरायली ड्रोनले मध्य सिदोनको अल–जहरा छिमेकमा रहेको एउटा अपार्टमेन्टमा दुईवटा हावाबाट जमिनमा प्रहार गरेको थियो । जहाँ हमास नेता हसन फरहत बस्दै आएका थिए । हमलाका कारण अपार्टमेन्टमा आगलागी भएको थियो । जसको परिणामस्वरूप फरहत र उनका दुई छोराको मृत्यु भएको छ ।

नोभेम्बर २७, २०२४ मा शुरु भएको हिज्बुल्लाह र इजरायल बीचको युद्धविरामको बावजुद, इजरायली सेनाले कहिलेकाहीं लेबनानमा आक्रमणहरू गरेको छ । फेब्रुअरी १८ मा पूर्ण फिर्ताको समयसीमा पारित भएपछि पनि इजरायलले लेबनानी सीमामा पाँच प्रमुख बिन्दुहरूमा सैन्य उपस्थिति कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट