२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गभर्नर बन्ने सुईको पाएपछी राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो राजीनामा पत्र कायममुकायम गभर्नर निलम ढुंगानालाई बुझाएका छन् । उनी महाप्रसाद अधिकारी बिदा भइसकेकाले नयाँ गभर्नरको दौडमा छन् । उनलाई गभर्नर बनाउन प्रधानमन्त्र केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भइसकेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बारे कांग्रेस सभापति देउवासँग यही बुधबार छलफल गरेका थिए । शक्तिशाली सरकार भए पनि कांग्रेस र एमालेको तानातानले गभर्नर नियुक्तिको विषय पेचिलो बनेको हो । सम्भवत शुक्रबारै बस्ने अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले भट्टसहित तीनजनाको नाम नयाँ गभर्नरमा सिफारिस गर्ने सम्भावना छ ।

दुई दलबीच कुरा नमिलेको अवस्थामा कांग्रेस सभापति देउवाले नै प्रस्ताव गरेको नाममा प्रधानमन्त्री अ‍ोलीले सहमति जनाएपछि भट्ट गभर्नर हुने सम्भावना बलियो भएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट