काठमाडौँ । भारतको ओडिशा राज्यस्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहले बिहीबार राति गरेको आत्महत्या घटनाप्रति दुःख व्यक्त गरेको छ ।
विश्वविद्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति समवेदना व्यक्त गरेको छ ।
साथै, कीट विश्वविद्यालयले यो अपूरणीय क्षतिप्रति गहिरो शोक व्यक्त गर्दै मृतक छात्राको परिवार, साथीभाइ तथा सम्पूर्ण नेपाली विद्यार्थी समुदायसँग ऐक्यबद्धता जनाएको छ ।
बीटेक पहिलो वर्षको कम्प्युटर साइन्स पढ्दै गरेकी नेपाली छात्रा आफ्नै छात्रावासको कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घटना थाहा पाएलगत्तै छात्रावास प्रशासनले स्थानीय प्रहरीलाई खबर गरेको थियो ।
विश्वविद्यालय प्रशासनले मृतक छात्राको परिवारलाई तुरुन्तै जानकारी गराएको र अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस