२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राजावादीको आन्दोलन आज पनि जारी, एक जना पक्राउ

शनिवार , जेठ १८, २०८२

काठमाडौं । राजावादीहरूको प्रदर्शनका क्रममा शनिबार एक जना पक्राउ परेका छन् ।

आन्दोलनको क्रममा घुसपैठ गरेको आरोपमा एक जना शान्तिबाटीका क्षेत्रबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको हो ।

पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ । पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छैन ।

राप्रपा, राप्रपा नेपालसहितले राजसंस्था पुनस्र्थापनासहितको माग राखेर गत १५ गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

राजावादीहरूको आन्दोलन अहिले नारायणहिटीमा निषेधित क्षेत्र तोकिएपछि शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट