२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उन्नति कल्चरल भिलेजमा समर प्याकेज सार्वजनिक, आगन्तुकलाई विशेष छुट

सोमवार , जेठ २७, २०८२

काठमाडौँ । नवलपरासीमा अवस्थित उन्नति कल्चरल भिलेजले आगामी ३० जून २०२५ सम्मका लागि विशेष ‘डेकेशन’ र ‘स्टेकेशन’ समर भ्याकेसन प्याकेज सार्वजनिक गरेको छ। नेपालको मौलिक थारू संस्कृति, परम्परागत जीवनशैली र दिगो पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यी प्याकेजहरू सार्वजनिक गरिएको हो।

शाश्वतधाम नजिकै अवस्थित यो इको-कल्चरल रिट्रीटमा पाहुनाहरूले थारू समुदायको कला, खाना, हस्तकला र कृषि जीवनशैली प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। परिवार, विद्यार्थी, जोडी तथा अन्य यात्रुहरूलाई लक्षित गर्दै उन्नतिले यी प्याकेजहरू ल्याएको हो।

डेकेशन प्याकेजमा एक दिनमै थारू गाउँको संग्रहालय भ्रमण, माटोको हाँडी बनाउन सिक्ने कार्यशाला, उन्नति परिसरको भ्रमण तथा स्वादिलो खाना उपलब्ध गराइनेछ। आम आगन्तुकहरुलाई यो प्याकेज रु १,४०० मा उपलब्ध हुनेछ भने विद्यार्थीका लागि मात्र रु १,२०० मा उपलब्ध हुनेछ ।

स्टेकेशन प्याकेजअन्तर्गत परम्परागत शैलीमा निर्माण गरिएका बासस्थानमा रातभरको बास, मौलिक खाना, सांस्कृतिक अनुभव, रूख रोप्ने, बालमैत्री गतिविधि र मिराया वेलनेस एन्ड गोल्फ रिसोर्टका सुविधा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। एक जनाका लागि थारू कोठाको शुल्क प्रति रात रु ५,५०० तोकिएको छ भने दुई जनासम्मका लागि रु ९,००० कायम गरिएको छ । त्यस्तै, चार जनासम्म बस्न मिल्ने दुई कोठे आर्ट रेसिडेन्सीको शुल्क प्रति रात रु १६,००० रहेको छ।

नवलपरासीमा अवस्थित उन्नति कल्चरल भिलेज एक सांस्कृतिक रिट्रीट सेन्टर हो, जसले थारू संस्कार र दिगो जीवनशैलीमा आधारित अनुभवहरू प्रदान गर्दछ। १२ वटा वातावरणमैत्री कुटीहरूमा सजिएको यस भिलेजमा थारू कला, हस्तकला, मौलिक खानपान, र समुदायसँगको सम्पर्कको संयोजन पाइन्छ।

आगन्तुकहरूले परम्परागत संगीत, लोकनृत्य, कला तथा हस्तकलामार्फत गाउँको जीवनशैलीमा प्रत्यक्ष घुलमिल हुन पाउँछन्। प्रकृतिसँग नजिक रहँदै ध्यान, प्रकृति–सयर र आत्म–चिन्तन गर्न सकिने शान्त वातावरणले उन्नतिलाई संस्कृति, चेतना र रूपान्तरणको दृष्टिले अद्वितीय बनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट