२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सामसङ इन्स्टा फाईनान्स अब थप सजिलो, के छन् सुविधा ?

सोमवार , जेठ २७, २०८२

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाईनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ। कम्पनीका अनुसार अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको छ।

पहिले टीभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो। तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको छ।

कम्पनीका अनुसार अब ग्राहकहरूले नयाँ टीभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २-२ वटा पासपोट साइजको फोटो लिएर, फारम बुझाएको एक घण्टा भित्रै घर लैजान सक्नेछन्।

यो सेवा २०८२ जेष्ठ १९ गते बाट लागू भएको हो, र ३० % डाउनपेमेन्ट गरेपछि, १२ महिनाको किस्तामा ०% ब्याजदरमा उपलब्ध हुनेछ। सेवा रु.३०,००० वा त्योभन्दा बढी मल्यू भएका सामसङ टीभी र होम अप्लाएन्सहरूमा मात्र लागू हुने कम्पनीले जनाएको छ।

सामसङको नवीनतम प्रविधि अब नेपाली ग्राहकहरूको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो। सामसङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स प्रा. लि. र त्रिवेणी व्यापार प्रा.लि. ले वितरित गरिरहेका देशभर रहेका २००+ अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट