२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले प्रदेश सांसद ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलवार , जेठ २८, २०८२

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र ठाकुरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ठाकुरसँगै धनुषाको औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवसमेत १७ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनुषा क्षेत्र नं ३(ख)बाट निर्वाचित ठाकुर एमालेका सांसद हुन् । भ्रष्टाचार सम्बन्धी मुद्दा परेसँगै ठाकुर सांसद पदबाट निलम्बित भएका छन् ।

अख्तियारले उनीहरू सबैमाथि ६ करोड ७९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट