२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनसेल ‘सधैँ अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद जित्ने मौका, हरेक हप्ता १० लाख पुरस्कार

सोमवार , आषाढ २, २०८२

काठमाडौं । एनसेलले ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् ।

१२ हप्तासम्म चल्ने ‘सधैँ अन करोडपति’ योजना हिजो आइतबारदेखि सञ्चालन भएको हो । यो योजनाअन्तर्गत हरेक हप्ता १० जना ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्नेछन् ।

साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म रहने एनसेलले जनाएको छ । यो योजनामा सहभागी हुने हरेक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्नेछन्, जसले गर्दा यो योजना सबैका लागि हात खाली नजाने योजना बनेको छ ।

यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा त्योेभन्दा माथिको कुनै पनि एनसेल सेवा जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनुपर्छ ।

ग्राहकहरूले ८१२३३ डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरु लिन सक्ने एनसेलले जनाएको छ ।

हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन् ।

एनसेल एपमार्फत ८९९९९३ डायल गरेर, वा चालू हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको एनसेलले जनाएको छ ।

यस योजना अवधिभर हरेक आइतबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेको समयमा एनसेल युट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन् ।

नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैँ सम्पर्क गर्नेछ । थप जानकारीका लागि ग्राहकहरूले ९९९९ डायल गर्न सक्छन् वा नजिकको एनसेल सेन्टरमा जान सक्छन् ।

एनसेलको वेबसाइटमा गएर वा एनसेल एप डाउनलोड, लगइन गरी यस सम्बन्धी जानकारी लिन सकिने पनि एनसेलले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट