२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एससीटी–युपीआई कार्ड भएका ग्राहकलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट

मंगलवार , आषाढ ३, २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको एससीटी–युपीआइ कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट हुने भएको छ ।

समुन्द्री तहबाट १८ सय ४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित मौलाकाली केवल कारमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा सहज र शुलभका लागि हुने एससीटी र मौलाकाली केवल कारले १० प्रतिशत छुट दिने भएको हो । यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो एससीटी–युपीआइ कार्डबाट पीओएस मेसिन मार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुने कम्पनीले जनाएको छ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युपीआइ कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट