काठमाडौं । चीनको नम्बर एक व्यवसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड G7 नेपालमा सार्वजनिक गर्ने भएको छ।
अत्याधुनिक प्रविधिसहितको यो गाडी हिमाली राष्ट्र नेपालको भौगोलिक परिवेशमा उत्कृष्ट प्रदर्शन गर्ने गरी निर्माण गरिएको हो। चीनमै पहिलो अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गर्ने इतिहास बोकेको फोटोनले प्रविधि र नवीनताको सीमाना निरन्तर फराकिलो बनाइरहेको छ। फोटोन टुनल्यान्ड G7 कम्पनीको यही प्रतिबद्धता र आधुनिक डिजाइनप्रतिको विश्वासको प्रमाण हो।
सडकमा उच्च प्रदर्शन क्षमताका साथै इन्टेलिजेन्ट टेक्नोलोजीको चाहना राख्ने उपभोक्ताहरूका लागि टुनल्यान्ड न्ठ बनाइएको हो । नेपालको चुनौतीपूर्ण भूगोलमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम यो गाडीमा १६० हर्सपावरको शक्ति र ३९० एनएम टर्क उपलब्ध छ।
२२५ मिमीको प्रशंसायोग्य ग्राउन्ड क्लियरेन्स भएको यो गाडीले असहज बाटो, उकालो–ओरालो र अप्रत्याशित हिमाली बाटाहरू सजिलै पार गर्न सक्नेछ। हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोलजस्ता विशेषताले उकालो चढ्ने वा ओरालो झर्ने अवस्थाहरूमा सुरक्षाको अनुभूति दिलाउँछन् साथै पुस-स्टार्ट इन्जिन बटनले गर्दा सजिलै गाडी स्टार्ट गर्न सकिन्छ ।
फोटोन टुनल्यान्ड न्ठ ले मजबुत क्षमतासँगै आरामदायी यात्रा पनि सुनिश्चित गर्छ। क्याबिनभित्र १२.३ इन्चको इन्फिनिटी स्क्रिन राखिएको छ, जसले नेभिगेसन र मनोरञ्जनमा सहजता ल्याउँछ। चालक र यात्रु दुवैलाई कुनै पनि मौसममा आरामदायी अनुभव दिनका लागि सिटहरू हीटेड र भेन्टिलेटेड छन् । तिनीहरू १२ तरिकाले इलेक्ट्रिक रूपमा एड्जस्ट गर्न मिल्ने किसिमका छन्।
प्यानोरामिक सनरूफले आकाशसँगको प्राकृतिक सम्पर्कको अनुभूति गराउने अपेक्षा गराउँदै शक्तिका अलावा खुलापन र सौन्दर्य पनि सँगसँगै उपलब्ध हुन सक्छन् भन्ने अनुभूति दिलाउनेछ । साथै, स्वचालित एयर कन्डिसनिङ सिस्टमले जुनसुकै मौसममा सहज वातारण सुनिश्चित गर्नेछ।
फोटोनले सधैँ उद्देश्यसहितको इनोभेसनमा विश्वास राख्दै आएको छ र टुनल्यान्ड G7 त्यसै विश्वासको नयाँ अध्याय हो, जुन अब नेपाली भावना र आवश्यकता अनुसार प्रस्तुत हुँदैछ।
प्रतिक्रिया दिनुहोस