२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कर्णाली प्रदेशमा एक हप्तामा ५० जना फरार अभियुक्तहरु पक्राउ

बुधवार , आषाढ ४, २०८२

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट बिभिन्न अपराधमा संलग्न भएका अभियुक्तहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पछिल्लो ७ दिनको अवधिमा ५० जना फरार अभियुक्तहरु पक्राउ गरेको छ ।

विभिन्न मितिमा घटेका विभिन्न आपराधिक घटनामा संलग्न रहेकाहरुलाई सम्मानित अदालतहरुवाट कैद जरीवाना भई हालसम्म पनि फरार रहेका कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरु खोजतलास गरी फैसला कार्यान्वयन गर्न फरार अभियुक्तहरुलाई पक्राउ गरेको हाे ।

फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनलाई तिब्रता दिने योजना अनुसार कर्णाली प्रदेश मातहतका जिल्लाहरुबाट मिति २०८२/०२/२८ गते देखी मिति २०८२/०३/०३ गतेसम्म ७ दिनको अवधीमा ५० जना फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी सम्बन्धित अदालतमा कैद जरीवाना असुल उपरको लागि बुझाईएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

पक्राउ परेका फरार प्रतिवादीहरुवाट २४ बर्ष १० महिना १ दिन कैद र रु एक लाख ८९ हजार एक सय २८ जरीवाना असुल भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट