२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईएमई पे र खल्तीको मर्जरलाई नेपाल राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

बुधवार , आषाढ ४, २०८२

काठमाडौँ । डिजिटल वालेट आईएमई पे र खल्तीबीच हुने मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति पत्र प्रदान गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो ।

कम्पनीका अनुसार नेपालको इतिहासमै दुई ठुला डिजिटल वालेट एक भएर एकीकृत कारोबार हुन लागेको यो पहिलो पटक हो ।

आईएमई पे र खल्तीको एकीकृत कारोबार पश्चात् आधिकारिक रुपमा कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहनेछ भने एपको नाम खल्ती नै रहने कम्पनीले बताएको छ । यसको रजिस्टर्ड कार्यालय काठमाडौंको पानीपोखरीमा रहने कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीब्र रुपमा चल्ने विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार यसका लागि दुवै एप ,आइएमई पे र खल्ती यथावत् रूपमा सञ्चालनमा रहनेछन् । दुबै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू ,खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लिखित समयमा एकीकृत हुने बताइएको छ ।

“खल्ती र आइएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्,” विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार खल्ती वालेटले आगामी दिनहरूमा प्रयोगकर्ताहरूलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्नेछ ।

एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एप मार्फत नै बैंक खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछन् साथै भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एप मै हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट