२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान

बिहिवार , आषाढ १२, २०८२

पर्वत । पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ ।

चालु आर्थिक वर्ष विसं २०८१/०८२ को गाउँपालिकाको स्थानीय गाईरगोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरू शुरु गरेका छन्।

चालु आर्थिक वर्षमा दुई वटा शीर्षकमा १३ लाख बजेट विनियोजन भएको कार्यक्रममार्फत पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका ३६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरू पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाको पशु विकास अधिकृत सन्देश गौडेलले जानकारी दिए ।

प्रतिगाई दुई हजार र प्रतिहल गोरु आठ हजारका दरले अनुदान वितरण गरिएको उनले बताए । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर तोकिएको मापदण्ड पूरा गरेका कृषकहरूलाई छनोट गरेर रकम वितरण गर्न थालेको हो ।

स्थानीय जातको गाई संरक्षण, गोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्दै खेतीपातीलाई बढवा दिन तथा जग्गा बाँझो रहन नदिनको लागि यो कार्यक्रम प्रभावकारी बनेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । गाउँपालिकाभित्र गाई र हलगोरू पाल्ने कृषकको सङ्ख्या समेत बर्सेनि बढ्दै गएको छ ।

व्यावसायिक किसानलाई गाउँपालिकाले नै ‘मिनी टिलर’ बाँडेको भए पनि पहाडी क्षेत्रका भिराला र बाटोको सुविधा नभएका ठाउँमा ‘मिनी टिलर’ लैजान नसक्दा पाखा, छेउछाउ र भिर नजिकका जग्गा बाँझो रहन नदिन हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको उनले बताए ।

यो कार्यक्रममार्फत आगामी आव विसं २०८२/०८३ मा पनि रु १३ लाख विनियोजन भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए। पछिल्लो कार्यकालका जनप्रतिनिधि निर्वाचित भएपछि आव विसं २०७९/०८० देखि जलजलामा स्थानीय जातको गाई संरक्षण र हलगोरू पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रमले निरन्तरता पाएको छ ।

आगामी आवको बजेटमा पर्वतको पैंयू गाउँपालिकाले पनि हलगोरु पाल्ने कृषकलाई अनुदान दिनका लागि बजेट विनियोजन गरेको छ । मिनिटेलर प्रयोग गर्ने जनशक्तिको अभाव हुँदै गएपछि गाउँपालिकाहरूले परम्परागत गोरू पाल्ने प्रचलनलाई नै बढाबा दिन थालेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट