२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मधेश प्रदेश सरकारले मधेशलाई गर्‍यो सुक्खाग्रस्त क्षेत्र घोषणा

शुक्रवार , आषाढ २७, २०८२

जनकपुर। मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । मधेश मन्त्रिपरिषद बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

मनसुनका बेलामा पनि वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह समेत गरेको छ । यस्तै कृषि क्षेक्रमा त्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न मधेश प्रदेश सरकारले आह्वान गरेको छ ।

यसैगरी मन्त्रिपरिषदको बैठकले पर्साको वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि ट्यांकरसहितका माध्यम परिचालन गर्ने निर्णय समेत गरेको छ ।

मधेश सरकारले खानेपानी संकट समाधानमा संघीय खानेपानी मन्त्रालयसँग सहयोग पनि मागेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट