२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

१५ तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुरबाट ६ जना पक्राउ

मंगलवार , आषाढ ३१, २०८२

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र रु सात लाख ८७ हजार नगदसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट सुनका गहना र नगद चोरेर कोहलपुरस्थित होटेल न्यू कालीकोटेमा बसेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, बाँकेकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार पक्राउ पर्नेमा कालीकोट रासकोट नगरपालिका–१ निवासी ४२ वर्षीय मनबहादुर शाही र ४२ वर्षीय तेजबहादुर शाही, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ बस्ने १८ वर्षीय पङ्कज केसी, सोही पालिकाको वडा नं ८ निवासी ४५ वर्षीय प्रेमबहादुर खत्री र ३८ वर्षीया अनिता खत्री तथा नरहरिनाथ गाउँपालिका–९ बस्ने २८ वर्षीया सरिता शाही रहेका छन् ।

सोमबार पक्राउ गरेका उनीहरूलाई जिल्ला अदालत बाँकेबाट आज म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिइन् ।

नक्कली नोट र लागुऔषधसहित पक्राउ

यस्तै, बाँकेको कोहलपुर नगरपालिका–१ बाट प्रहरीले नक्कली नोट र लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रालिका अध्यक्ष तथा सञ्चालक मनबहादुर सहकारी देउवा रहेका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिइन् ।

देउवालाई इलाका प्रहरी कार्यालय, कोहलपुर र सुर्खेतबाट आएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा अनलाइनको कार्यालयबाटै पक्राउ गरिएको हो ।

उनको साथबाट एक हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ । - रासस

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट