२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

आइतवार , श्रावण ४, २०८२

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ४२ दिने अवधिका लागि ५० अर्ब रुपैयाँ उठाउन लागेको हो।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । सोहीअनुसार आइतबार निक्षेप खिच्न लागेको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज भदौ १५ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ३ खर्ब १७ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट