२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य, १५ प्रतिशतसम्म छुट

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बीच बैंकका ग्राहकहरुको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतासँगै अब बैंकका ग्राहकहरुले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले Surgery Procedures मा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, Minor Investigation र Optical/lens मा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट