काठमाडौं । काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाईन हस्पिटल र प्रभु बैंक लिमिटेडबीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंकका ग्राहक तथा कर्मचारीहरुले फ्रन्टलाईन हस्पिटलको सेवा सुविधामा विशेष छुट पाउने भएका हुन् । प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
उक्त सम्झौता पत्रमा फ्रन्टलाईन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका हुन् ।
“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।
‘बिश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस