२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले जनरल हस्पिटल सेवाहरु (Lab test, Bed Charge, ICU, Post up Bed Charge) मा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरु (Dental filling, Dental Scaling, RCT and Extraction ETC) मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा (Dental Implants, Veneer, Braces Aligner, Dermatologist) मा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् ।

ग्राहकहरुले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर/कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नेछन् भने कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ । कान्तिपुर डेन्टलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट