२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अमेरिकामा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् ।

ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली चलाउन सुरु गरेका थिए ।

सुरुमा उनले न्यूयोर्क पुलिसका एक अधिकृतमाथि गोली चलाएका थिए । त्यसपछि खम्बा पछाडि लुकेकी एक महिलामाथि पनि उनले गोली हानेका थिए ।

नेशनल फुटबल लिग, ब्ल्याकस्टोन जस्ता ठूला कर्पोरेट अफिसहरू रहेको ६३४ फिट अग्लो गगनचुम्बी भवनमा गोली चलेको हो ।

गन भायोलेन्स आर्काइभको तथ्यांक अनुसार यो अमेरिका भित्र यसै वर्ष भएको २५४ औं सामूहिक गोलीकाण्ड हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट