२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रधानमन्त्री ओलीले दिए बान्टमवेट च्याम्पियन विजेता रवीन्द्र ढाँटलाई बधाई

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ “भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल भएको भन्दै बधाई दिएका छन् ।

भारतको नोएडामा गए राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै उपाधि हात पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट