काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा भीषण बाढी आएको छ । उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।
खीरगंगा नदीको माथिल्लो क्षेत्रमा बादल फाट्दा आएको भयानक बाढीले धराली गाउँमा ठूलो विनाश निम्त्याएको हो ।
लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ । उक्त प्रभावित क्षेत्रमा थुप्रै साना गेस्ट हाउस, होटल र रेस्टुरेन्टहरू रहेका छन् ।
उक्त क्षेत्रको खोज र उद्धार कार्यका लागि सेना, राष्ट्रिय विपद् प्रतिक्रिया बल र राज्य विपद् प्रतिक्रिया बलका टोलीहरू खटाइएको छ ।
भारतीय अखबार दैनिक भाष्करको अनलाइन संस्करणले भारतीय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार घटना मंगलबार दिउँसो १ः४५ बजे भएको हो । घटनाका धेरै भिडिओ र तस्वीरहरू सार्वजनिक भएका छन् ।
प्रतिक्रिया दिनुहोस