काठमाडौं । इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको छ । आइतबार राति गाजा सहरमा इजरायली आक्रमणमा ६ जना पत्रकारको मृत्यु भएको छ । मारिएकामा चारजना अल जजिराका पत्रकार छन्।
इजरायली सेनाले अल जजिराका पत्रकार अनस अल–शरीफलाई हमासको एउटा समूहको नेतृत्व गरेको आरोप लगाउँदै लक्षित गरी हत्या गरेको हो । गाजामा रहेका अर्का प्रमुख अल जजिरा पत्रकार मोहम्मद क्रेके पनि उक्त आक्रमणमा मारिएका छन्।
‘गाजाका सबैभन्दा साहसी पत्रकारमध्येका अनस अलशरीफ र उनका सहकर्मीहरूको हत्या गर्ने आदेश, गाजाको कब्जा अघि उनीहरूको आवाज दबाउने हताश प्रयास हो,’ अल जजिराले आक्रमणपछि जारी गरेको विज्ञप्तिमा भनेको छ।
आफ्ना पत्रकारको हत्यापछि अल जजिराले ‘गाजाका सबैभन्दा साहसी पत्रकारहरू मध्ये एक अनस अल शरीफलाई उनका सहकर्मीहरूको हत्या गर्नु गाजामा कब्जा गर्नुअघि उठेका आवाजहरूलाई दबाउने हताश प्रयास हो ।’ भनेको छ ।
बीबीसीले भने ५ जना अलजजिराका पत्रकारहरुको हत्या भएको उल्लेख गरेको छ । बीबीसीका अनुसार संवाददाता अनस अल शरीफ र मोहम्मद क्रेकेह, साथै क्यामेराम्यान इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवाको हत्या भएको हो ।
अलजजिराले हमलामा जम्मा सात जनाको मृत्यु भएको र आफ्ना ६ सहकर्मी मारिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस