२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । भारतमा निर्वाचन आयोग घेराउ गर्ने क्रममा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ परेका छन् ।

मतदाता नामावलीमा लाखौंको संख्यामा हेराफेरी भएको आरोप लगाउँदै विपक्षी दलले निर्वाचन आयोग घेराउ गर्न खोजेपछि उनी पक्राउ परेका हुन् । भारतीय सञ्चार माध्यमले कंग्रेसका नेता राहुल गान्धीसहितका नेताहरू पक्राउ परेका उल्लेख गरेका छन् ।

गान्धीले हिरासत जाँदै गर्दा संविधान बचाउन आफूहरु सडकमा आएको प्रतिक्रिया दिएका छन् । उनले यसलाई एक व्यक्ति एक मतको लडाइ भन्दै मतदाता नामावलीमै सत्तापक्षले धाँधली गरेको आरोप लगाएका छन् ।

मार्चपासमा प्रियंका गान्धीसहित समाजवादी नेतृ डिम्पल यादव,महुजा मोइत्रा, संजय राउतलगायत थिए ।

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहित केही सांसदहरूले अवरोध तोड्दै बेरिकेड नाघेका थिए । अव्यवस्था, नाराबाजी, पक्राउ र धर्नाबीच तृणमूल कांग्रेसका दुई सांसदहरू महुआ मोइत्रा र मिताली बाउघ बेहोस भएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट