२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

बिहिवार , श्रावण २९, २०८२

टोकियो, एएफपी । अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेयर बजार खुल्दासाथ एक लाख २४ हजार अमेरिकी डलरको कारोबार गरेको छ ।

यसको अघिल्लो जुलाईको रेकर्डभन्दा क्रिप्टोकरेन्सीको कारोबारमा वृद्धि भई बिहीबारको स्टक बजार खुलेको केहि समयमा नै एक लाख २४ हजार ५०० भन्दा बढी कारोबार भएको हो ।

एस एण्ड पी ५०० इन्डेक्स र विशाल प्रविधि कम्पनी नास्डेक यस हप्ता नयाँ उचाईमा पुगेको छ, जसले क्रिप्टोकरेन्सीको वृद्धिमा योगदान पुर्याएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी नियामक परिवर्तनले गर्दा क्रिप्टो क्षेत्रको एक बलियो समर्थक बिटक्वाइनको मूल्यमा वृद्धि भएको हो।

यसको मूल्य क्रिप्टोकरेन्सीका ‘ह्वेल’ भनिने ठूला धारकहरूले पनि बढाएका छन्।

“क्रिप्टो बजारले अत्यधिक अनुकूल आधारभूत कुराहरूको अवधिको आनन्द लिइरहेको छ,” एक्सएस डट कमका वरिष्ठ बजार विश्लेषक समर हसनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धहरू अन्त्य गर्न वार्तालाई अघि बढाइरहेका समय कारोबारमा उछाल आएको हो।

“राष्ट्रपति ट्रम्प ‘राष्ट्रिय वित्तीय प्रणालीमा क्रिप्टोकरेन्सीहरूको एकीकरणलाई गति दिन र यस क्षेत्रमा आफ्नो र परिवारको बढ्दो संलग्नतालाई ध्यानमा राख्दै थप प्रतिबन्धहरू हटाउन’ इच्छुक हुन सक्नुहुन्छ,” उनले भने ।

ट्रम्पको मिडिया ग्रुप र प्रविधि अर्बपति एलन मस्कको स्वामित्वमा रहेको इलेक्ट्रिक कार निर्माता टेस्लालगायतका कम्पनीहरूको ठूलो सङ्ख्या ठूलो परिमाणमा बिटक्वाइन किन्न इच्छुक देखिँदा यसको असर पूँजी बजारमा देखिएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट