२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पुटिन र ट्रम्पबीच तीन घण्टा वार्ता : बिना सम्झौता अन्त्य, पुटिनले भने ‘सम्झौता नभएसम्म कुनै सम्झौता हुँदैन’

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । रुस युक्रेन युद्ध अन्त्यको लागि अलास्कामा भएको अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प र रुसी रास्ट्रपति भ्लादीमिर पुटिनबीचको वार्ता प्रगतिउन्मुख भए पनि ठोस सम्झौताबिना अन्त्य भएको छ ।

तीन घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति पुटिनले आफू युद्ध अन्त्यका लागि सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

ट्रम्प र पुटिन एकै मञ्चमा करिब १० मिनेटसम्म संयुक्त रूपमा उपस्थित भएका थिए । दुवै नेताले व्यक्तिगत वार्तामा प्रगति भएको संकेत गरे पनि वार्ता ठोस सम्झौतामा पुग्न सकेन ।

पुटिनले यो युद्धको मूल कारणको पहिचान हुनु आवश्यक रहेको बताएका छन् । उनले आफू युद्ध अन्त्यका लागि सचेत रहे पनि युक्रेन र युरोपेली देशदेशलाई यो प्रक्रिया नबिथोल्न चेतावनी दिएका छन् ।

उनले शान्ति स्थापनाका लागि सुरुवाती बिन्दुको रूपमा यो बैठक रहने बताए । ट्रम्पले धेरै कुरामा एक आपसमा सहमति भए पनि केही कुरा मिल्न बाँकी रहेको बताए ।

पुटिनले आफू ‘सत्यनिष्ठ भएर’ युद्ध अन्त्य गर्न इच्छुक रहेको भन्दै यसलाई ठूलो ‘त्रासदी’ को रूपमा व्याख्या गरे ।

पुटिनले ट्रम्पसँगको सम्बन्धलाई व्यावसायिक भनेका छन् । २०२० को अमेरिकी निर्वाचनपछि आफू पदमा निरन्तर रहेको भए युद्ध सुरु नै नहुने ट्रम्पको भनाइप्रति सहमति जनाएका छन् ।

‘सम्झौता नभएसम्म कुनै सम्झौता हुँदैन’, उनले भने, ‘धेरै बुँदामा सहमति’ भएको तर केही बुँदा बाँकी रहेको उल्लेख गरे । बाँकी रहेको र सहमतिनजिक पुगेका बुँदाबारे खुलासा गरेनन् ।

दुईजनाबीच तीन घण्टा लामो वार्ता भएको थियो । त्यसपछि १० मिनेट एउटै मञ्चमा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट