काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइने भएपछि त्रिभुवन विमानस्थलमा समर्थकहरुको भिड लागेको छ ।
लामिछाने चडेको वुद्ध एयरको जहाज भैरहवाबाट काठमाडौं उडिसकेको छ । उनी केहिबेरमा काठमाडौं विमानस्थलमा आईपुग्ने छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिनेछ ।
उनलाई स्वागत गर्न रास्वपाका नेता दीपक बोहोरा लगायत विमानस्थलमा उपस्थित भएका छन् ।
लामिछाने सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि भैरहवा कारागारमा थिए । उनले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।
जसमा अदालतले समेत अनुमति दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा रोकिएको थियो । उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचनापछि सरकार उनलाई काठमाडौँ ल्याउन तयार भएको हो ।
प्रतिक्रिया दिनुहोस