२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रविले कारागारको भित्तामा लेखे : ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ’

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भैरहवा कारागारबाट काठमाडौं सरुवा भएर आउँदै गर्दा आफू बसेको कारागारको कोठाको भित्तामा ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ’ लेखेर आएका छन् ।

सहकारी प्रकरणमा थुनामा रहेका उनी आज रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आउन लागेका हुन् । सो क्रममा उनले आफू बसेको भैरहवा कारागारको कोठाको भित्तामा ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ’ भनेर लेखेर आएका हुन् ।

त्यस्तै, सो क्रममा उनले राजनीतिक प्रतिशोधले आफूलाई मंगलग्रह लगे पनि नडराउने बताए ।

भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा आफूले भित्तामा लेखेको विषयको जानकारी गराउँदै रविले भने ‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु । अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’

उनले थप भने, ‘४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने । मैले प्रमाण मागे उसले बल प्रयोग देखायो । मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो । तर पनि म भयभीत छैन ।’

उनले आफू जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट