२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बैंकिङ कसुरको अभियोगमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

आइतवार , भाद्र १, २०८२

काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली भनिने राजेन्द्रबहादुर गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई विशेष टोलीले चन्द्रागिरी आसपासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको बताए ।

प्रहरी स्रोतका अनुसार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको हो । उनी विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका छन् ।

उनी १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको जाहेरीमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ ।

गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिस भएका थिए । तर उनले टिकट पाएनन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट