काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको रिटको पेसी आज तोकिएको छ ।
रविको मुद्दाको पेसी उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश सागर बिष्टको इजलासमा परेको हो ।
बिगो बराबरको बैंक जमानत लिएर छाड्नुपर्ने माग गर्दै सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।
रविको पेसी ५ नम्वर इजलासको ४ नम्वरमा परेको छ ।
प्रतिक्रिया दिनुहोस