२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उच्च अदालतमा रविको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै

बुधवार , भाद्र ११, २०८२

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा रविको तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ भएको हो ।

न्यायाधीश सागर विष्टको इजलासमा उक्त सुनुवाइ सकिएको हो । अब केहीबेरमा उच्च अदालतले आदेश दिनेछ ।

रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित दायर गरेको निवेदन रुपन्देही जिल्ला अदालतले अस्विकार गरेपछि रवि उच्च अदालत पुगेका हुन् ।

पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले उच्च अदालतमा रिट दायर गरेकी थिइन् । रविको पेसी आज ५ नम्वर इजलासको ४ नम्वरमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट