२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने उच्च अदालतको आदेश

बुधवार , भाद्र ११, २०८२

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बुधबार न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो ।

रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित दायर गरेको निवेदन रुपन्देही जिल्ला अदालतले अस्विकार गरेपछि रवि उच्च अदालत पुगेका हुन् । रविको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले उच्च अदालतमा रिट दायर गरेकी हुन् । रविको पेसी आज ५ नम्वर इजलासको ४ नम्वरमा परेको थियो ।

आज लामिछानेको निवेदकको तर्फबाट महेन्द्र पाण्डेय र बाबुराम पाण्डेयले बहस गरेका थिए । अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको अर्को सुनुवाइ हुनेछ ।

सहकारी ठगी मुद्दामा लामिछाने चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट