काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।
साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी आफैं प्रहरीमा उपस्थित भएका हुन् । बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ ।
पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएको भन्दै साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले रीतपूर्वक अदालतमा पेश गरिएको बताए ।
महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो ।
प्रतिक्रिया दिनुहोस