२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले केन्द्रीय सदस्य महरको सरकारी वकिलमा बयान हुँदै, अदालत लैजाने तयारी

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । गाली बेइज्जती तथा चरीत्र हत्या गरेको आरोपमा पक्राउ परेका सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरको अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान भइरहेको छ ।

साइबर ब्युरोबाट पक्राउ पुर्जी जारी भएपछि उनी ब्युरोमा आफै उपस्थित भएका थिए । त्यसपछि ब्युरोले आवश्यक कारबाही अगाडि बढाएको छ ।

ब्युरोका अनुसार अहिले महरलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । यसपछि अदालत लैजाने तयारी छ ।

गाली बेइज्जती तथा चरीत्र हत्या गरेको भन्दै एक महिलाले उनीविरुद्ध हुलाकमार्फत साइबर व्युरोमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीपछि महरविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको थियो ।

बझाङ घर भएका महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।

महर प्रतिनिधिसभाको चुनावमा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए । पछिल्लो समय महर विवादित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट