२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पशुपतिमा जलाउँदै गरेको शवको हड्डी किनबेच प्रकरण : ४ जना धरौटीमा रिहा

बिहिवार , भाद्र १२, २०८२

काठमाडौँ । पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जना धरौटीमा रिहा भएका छन् ।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

उनीहरुलाई ५ सय रुपैयाँमा शवको हड्डी किनबेच गरेको आरोप छ । सोही आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । काठमाडौँ जिल्ला अदालतले बिहीबार उनीहरूको बयान लिएपछि धरौटीमा छाडेको हो ।

गौशाला प्रहरी वृत्तले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल का ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट