२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एएफसी यू–२३ एसियन कप छनोट : नेपाल ताजिकिस्तानसँग ४-० ले पराजित

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका थिए। खेल अवधीभर नै नेपाललाई दबाबमा राखेको ताजिकिस्तानले पहिलो हाफमा एक गोल गरेपनि दोस्रो हाफमा तीन गोल थपेको थियो । त्यसमा पनि घरेलु टोलीले अन्तिम समयमा दुई गोल गरेको थियो ।

अजिजबोएभले ३८औं मिनेटमा गोल गर्दै ताजिकिस्तानलाई अग्रता दिलाएका थिए भने ५८औं मिनेटमा दोस्रो गोल गरे । उनले दुवै गोल नेपाली डिफेण्डरको गल्तीमा गरेका थिए ।

यस्तै रहमात्जोदाले ९०औं मिनेटमा टिमका लागि तेस्रो गोल गरे । यस्तै सारिपोभ डालेरले इन्जुरी टाइमको पहिलो मिनेटमा एक गोल थपे ।

नेपाल यू२३ टिमका कप्तान आयुष घलान एएफसीको एक खेल निलम्बनका कारण ताजिकिस्तान विरुद्धको खेलमा मैदान उत्रन पाएनन् । राष्ट्रिय टिमका सदस्य समेत रहेका उनले भिआईपी बक्समा बसेर खेल हेरेका थिए । आयुषको अनुपस्थितीमा सुमित श्रेष्ठले नेपालको कप्तानी सम्हालेका थिए ।

समूह के मा नेपालले आप्नो दोस्रो खेल सेप्टेम्बर ६ मा सिरियासँग खेल्नेछ । बुधबारै भएको पहिलो खेलमा सिरियाले पिलिपिन्सलाई २–१ ले हराउँदै विजयी सुरुवात गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट