२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डडेल्धुरा कारागारबाट भारत भाग्दै गरेका ६ कैदी समातिए

बिहिवार , भाद्र २६, २०८२

बैतडी । डडेल्धुरा कारागारबाट भागेका छ कैदी बैतडीबाट समातिएका छन् । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरुलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई–दुई र दार्चुला तथा बैतडी घर घएका एक–एक जना रहेका छन् ।

उनीहरु कर्तव्य ज्यान मुद्दा, जबर्जस्तीकरणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ ।

‘जेनजी’को प्रदर्शनका कारण बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए । पक्राउ परेका सबैलाई डडेल्धुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रजिअ पौडेलले बताए ।

कारागारबाट कैदी भागेपछि संयुक्त सुरक्षा टोलीले उनीहरुलाई खोज्न ‘अप्रेसन’ चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट