२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाल–वेस्ट इन्डिज टी–२० सिरिज शनिबारदेखि यूएईमा हुँदै, नेपाल पहिलो पटक विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक तीन खेलको टी–२० सिरिज शनिबारदेखि यूएई क्रिकेट मैदानमा सुरु हुँदैछ। सिरिजको पहिलो खेल शनिबार हुनेछ भने बाँकी खेल असोज १३ र १४ गते तय गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, नेपाली टिम सोमबार मात्र यूएई पुगेको छ र अहिले मैदानमा अभ्यासमा व्यस्त छ। कप्तान रोहितकुमार पौडेलले भिडियो सन्देशमार्फत भने, “यो सिरिज जित्न हामी यूएई आएका हौँ।”

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी र साहब आलम रहेका छन्।

वेस्ट इन्डिज टोलीको कप्तानी अकिल होसेनले गर्नेछन्। उनको टिममा फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर रहेका छन्।

सिरिजको लागि नेपाली टिममा साहब आलम र सन्दीप जोरा जस्ता अनुभवी खेलाडीसमेत समावेश छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट