२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे शिक्षामन्त्री पुन, लिए स्वास्थ्य अवस्थाबारे जानकारी

शनिवार , आश्विन ११, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बिभिन्न अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाकाबारे जानकारी लिएका छन् ।

शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर मन्त्री पुनले घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै मन्त्री पुनले उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए । सो क्रममा घाइतेहरुले आफुहरुले उठाएका माग मुद्दालाइ पुरा गर्नका लागि सरकारलाई सुझाव दिएको मन्त्री पुनले बताए ।

उनले घाइतेहरुलाई आफ्नो शरिरको चिन्ता भन्दा पनि देशको चिन्ता देखिएको जिकिर गरे । ट्रमा सेन्टरमा १ जनाको आइसियुमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सुधार हुदै गएको पाइएको उनले बताए ।

मन्त्री पुनले प्रधानमन्त्रीले घोषणा गरेको कामलाई पुरा गर्न अन्तरिम सरकारको ध्यान केन्द्रीत रहेको उल्लेख गरे ।

जेनजी आन्दोलनका क्रममा दुई हजार भन्दा बढि घाइते भएका थिए । अझै पनि ५० भन्दा बढि घाईतको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट