२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखला नेपालले आफ्नो पक्षमा पारेपछि डा. शर्माको २० लाख सहयोग

बुधवार , आश्विन १५, २०८२

यूएई । नेपाली राष्ट्रिय क्रिकेट टोलीले हिजो टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक जित हासिल गरेसँगै विश्व क्रिकेटमा नयाँ कीर्तिमान राखेको छ। यसै सन्दर्भमा नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद डा. सुनिल कुमार शर्माले मंगलबार साँझ दुबईमै आयोजित कार्यक्रममा टोलीलाई २० लाख सहयोग हस्तान्तरण गरेका छन्।

मैदानमै फ्लेक्स चेकमार्फत रकम बुझाउँदै डा. शर्माले भने, “नेपालका युवाले क्रिकेटमार्फत विश्वसामु देशको परिचय नयाँ उचाइमा पुर्याएका छन्। राज्यले आवश्यक लगानी गर्न नसकेको अवस्थामा हामी जस्ता नागरिकको सानो योगदानले उनीहरूको हौसला अझ प्रबल बनोस् भन्ने मेरो अपेक्षा हो।”

यसअघि पनि डा. शर्माले राष्ट्रिय टोलीलाई २० लाख सहयोग गरेका थिए। निरन्तर सहयोग गर्दै आएका उनले क्रिकेट मात्र नभई सम्पूर्ण खेल क्षेत्रलाई नेपाल समाजका लागि प्रेरणाको स्रोत ठहराउँदै अघि बढ्नु पर्नेमा जोड दिए।

नेपालले सोमबारको खेलमा कुनै पनि टेस्ट राष्ट्रविरुद्ध सबैभन्दा ठूलो अन्तरको जित दर्ता गर्नुका साथै, कुनै एसोसियट टोलीले टेस्ट राष्ट्रलाई पराजित गर्दा हासिल गरेको ऐतिहासिक अन्तरको रेकर्ड पनि कायम गरेको हो। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तर्राष्ट्रिय जगतमा बलियो सन्देश पठाएको छ।

डा. शर्माले भने, “नेपालका युवामा अपार सम्भावना छ, तर खेल पूर्वाधारमा राज्यको लगानी अझै न्यून छ। यदि आजको जस्तै निरन्तर आत्मविश्वास र लगनशीलता कायम रह्यो भने नेपाल निकट भविष्यमै विश्व क्रिकेटको शक्तिशाली राष्ट्र बन्न सक्छ।”

डा। शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट